काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् ।राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई आज प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।उनले तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्कारी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएर बेथिति हुर्किएको बताए ।
‘अब त्यस्ता गतिविधि सैह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन । तपाईँहरु जसको जे जिम्मेवारी हो, त्यो पूरा गर्न दृढताका साथ लाग्नुस् । कार्यक्षेत्र निर्धारणमा समस्या भएमा पनि ल्याउनुस् । देशलाई बर्बाद हुनबाट जोगाउनुस् । जनतालाई आशा र विश्वास दिने काम गर्नुस्,’ प्रधानमन्त्रीले भने, ‘आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने भने जागिर खानका लागि मात्रै राज्यका निकायहरु खडा गरेर राखिरहनुपर्छ भन्ने छैन ।’
Trending Now
- एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
- सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
- प्रेम प्रस्ताव अस्वीकार गरेकोमा युवतीलाई गोली’ हानियो
- Ukraine accuses Russia of continuing attacks despite temporary ceasefire announced for Easter
- शिक्षक र आवासीय चिकित्सकहरूसंगै स्थानीय तहका कर्मचारी पनि ‘आन्दोलित’ !
- उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न
- Foreign Minister Dr. Arju Rana is going to Bangkok
- ३७ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा
- संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
- बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण सञ्चारकर्मी तथा बारका कर्मचारीलाई सम्मान
Comments are closed.