विकेन्ड कलेक्शनमा बम्पर व्यापार गरेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को जहाज सोमबारबाट भने नराम्रोसँग डुबेको छ । भारतीय बजारसँग ओभरसिजमा पनि यो फिल्मको व्यापार पहिलो दिनको तुलानामा करिब ८० प्रतिशतले घटेको छ ।
यो फिल्मले विश्व बजारमा तिन दिन निरन्तर सय करोड माथिको ग्रस कलेक्शन गरेको थियो । फिल्मले हिन्दी भर्सनमा मात्र तिन दिनमा सय करोड भन्दा माथिको व्यापार गरेको थियो ।
यो फिल्मले पहिलो दिन हिन्दी भाषामा मात्र ३७ करोडको व्यापार गरेको थियो । यसपछि फिल्मको व्यापारमा खासै वृद्धि भएन । शनिबार र आइतबार पनि फिल्मको व्यापार ३७ र ३८ करोडको वरिपरी नै थियो ।
तर, तिन दिनको विकेन्ड सकिएसँगै फिल्मको व्यापार पहिलो अंकमा झरेको छ । फिल्मले सोमबार ८ करोड माथिको व्यापार गरेको छ । यो फिल्मको व्यापारमा देखिएको भारी गिरावट हो ।
६ सय करोडमा बनेको भनिएको यो फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पनि छुने संभावना छैन । हिन्दी भाषामा फिल्मको व्यापार २ सय करोड नजिक पनि नपुग्ने देखिएको छ । यसले, निर्माण कम्पनी टीसिरिजलाई ठूलो घाटा लाग्ने देखिन्छ ।
चर्को आलोचनाका कारण यो फिल्मको व्यापारमा भारी गिरावट आएको हो । ओम राउतको निर्देशनमा तयार भएको फिल्ममा प्रभाष, कृति सेनन, सैफअली खान लगायतका कलाकारको अभिनय छ ।
Trending Now
- रवि लामिछानेसहितलाई चार कारणले थपियो १५ दिन म्याद
- US to provide Ukraine with ballistic missiles, a threat to Russia!
- वायनाड लोकसभा उपनिर्वाचनमा प्रियंका गान्धी विजयी
- Prime Minister KP Sharma Oli unveils NPL trophy
- बीआरआई नेपालको हितको विरुद्धमा छैन,बीआरआई स्वीकारौं : माधव नेपाल
- Campaign against sexual violence started
- विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ : प्रधानमन्त्री।
- नेपाल फिल्म सोसाइटीको अध्यक्षमा वरिष्ठ अभिनेता कृष्ण मल्ल निर्विरोध निर्वाचित
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
Comments are closed.