सर्वोच्चले दियो दुर्गा प्रसाईलाई न्यायः बीएण्ड सी कलेजलाई ५ अर्ब भन्दा बढी ऋण दिने बैंकहरुको कर्जा नडुब्ने

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई न्याय दिलाएको छ ।न्यायाधीसद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाईलाई मेडिकल कलेज सम्बधन दिन सरकारलाईआदेश दिएको छ ।
बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो ।मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए ।प्रसाईको बीएण्ड सी कलेजले सम्बन्धन पाउने भएपछि कुमारी बैंकसहितका अन्य बैंकको करिब ६ अर्ब ऋणसमेत जोखिममा पर्नबाट जोगिने भएको छ ।मेडिकल कलेज संचालन गर्नै प्रसाईले कर्जा लिएको र सम्बन्धन नपाएपछि बैंकहरुले ताकेता गर्न थालेका थिए । बैंकहरुले ब्याज बृद्धि र ऋण तिर्न ताकेता गरेपछि प्रसाईले बैंक, लघुवित्त र सहकारीबिरुब्द्ध अभियान संचालन गरेका थिए ।

Comments are closed.