कानुन समितिबाट सर्वसम्मतिले पारित भयो टिआरसी विधेयक, अब बस्ने सदनमा पेश गर्न पत्र लेखिने

काठमाडौँ : सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ।

समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न नसकेपछि कार्यदल बनाइएको थियो। सो कार्यदलले जुटाएको सहमतिसहित विधेयक समितिबाट पारित भएको हो।
प्रस्तावमाथिको छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन्। साथै उनले प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन्। संसदको बैठक २९ साउनलाई तोकिएको छ।
बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको र आजै पास गरिएको हो।

Comments are closed.