यूएईले बार्बी सिनेमालाई रिलिज गर्न अनुमति दियो

यूएई । बार्बी अर्को साताबाट युएईका सिनेमाघरमा प्रर्दशन हुने भएको छ । त्यहाँ सरकारले यो फिल्मलाई रिलिज गर्न स्वीकृति दिएको छ । यसअघि अन्तर्राष्ट्रिय स्तरमा सफल भनिएको यो कमेडी चलचित्रलाई युएईले प्रतिबन्ध लगाउने तयारी गरेको आशंका गरिएको थियो ।

यो फिल्ममा एक चरित्र ट्रान्सजेन्डरको रहेको र युएईमा यसको बारेमा नकारात्मक प्रतिक्रिया आउन सक्ने बताइएको थियो । यूएईको मिडिया काउन्सिलले बार्बीको रिलिजलाई स्वीकृत गर्न तीन हप्ताको ढिलाइबारे कुनै कारण बताएको छैन।

यसअघि जोर्डन र इजिप्टमा पनि बार्बीसँग यस्तो भएको थियो । गत वर्ष, धेरै अरब देशहरूले स्पाइडरम्यानको रिलिजमा प्रतिबन्ध लगाएका थिए किनभने फिल्म निर्माण गर्ने स्टुडियोले ट्रान्सजेन्डर क्यारेक्टरलाई सेन्सर गर्न अस्वीकार गरेको थियो ।एजेन्सी

 

Comments are closed.