काठमाडौं । एक महिना अवधिमा सेयबजारमा लगानीकर्ताको सम्पत्ति १० खर्बले बढेको छ । यो लाभ लगानीकर्ताले मात्रै होइन, सरकारले समेत पाएको छ । सरकारले यो अवधिमा ३ अर्ब २८ करोड ९३ लाख पुँजीगत लाभकर पाएको छ, जुन आर्थिक वर्ष २०७९/८० का १२ महिनामा संकलन भएको भन्दा ३१ करोड बढी हो ।
गत साउन १ गते बजार पुँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति ३६ खर्ब ६६ अर्ब थियो । त्यसपछि निरन्तर बढेको बजार बुधबारसम्म आइपुग्दा ६ सय ४७ अंकले बढेको छ । यससँगै लगानीकर्ताको सम्पत्ति ४६ खर्ब ९७ अर्ब पुगेको छ । ३० दिनमा ३ खर्ब ३८ अर्ब कारोबार हुँदा सरकारको खातामा पुँजीगत लाभकरबापत ३ अर्ब रकम आएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा पुँजीबजारबाट सरकारलाई २ अर्ब ९७ करोडमात्रै आम्दानी भएको थियो । जबकि त्यो बेला ४ खर्ब ६८ अर्बको कारोबार भएको थियो । खरिद गरेको एक वर्ष नभई बेच्ने सेयरमा साढे सात प्रतिशत र एक वर्ष नाघेकामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था छ । अहिले सेयर खरिद गरेर नाफा बुक गर्ने अनि बेचिहाल्ने लगानीकर्ता हावी हुँदा सरकारलाई प्राप्त हुने राजस्व पनि बढी आएको हो ।
गत साउन २७ गते बजारमा २५ अर्ब ७० करोडको कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च कारोबार थियो । सरकारले उक्त दिन ३० करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो । बजार यही ढंगमा बढेमा सरकारले यो आर्थिक वर्षमा पुँजीबजारबाट अहिलेसम्मकै उच्च राजस्व प्राप्त गर्ने सरकारी अधिकारीहरुको आँकलन छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ७ खर्ब २० अर्बको कारोबार हुँदा राज्यलाई ५ अर्ब ५० करोड पुँजीगत लाभकर प्राप्त भएको थियो ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.