देश र जनताकाे आवश्यकता अनुसार काम हुन सकेकाे छैन, अब तिब्रता दिन्छाैं : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताकाे आवश्यकता अनुसार काम गर्न नसकेकाे गुनासाे गर्नुभएकाे छ ।

अर्घाखाँचीकाे पर्यटन प्रवर्द्धन कार्यक्रमलाई साेमबार सदरमुकाम सन्धिखर्ककाे टुँडिखेलमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो १ वर्षमा धेरै काम गरेपनि देश र जनता सन्तुष्ट हुनेगरी काम गर्न नसकेकाे बताउनुभयाे ।

आफू अहिले नियमित रूपमा १० बजेभित्रै सिंहदरबार पुगेर मन्त्रालयको रिपोर्टिङ लिने गरेको भन्दै उहाँले टार्गेट अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएको दाबी गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे – ‘याे १ वर्षमा धेरै काम भएका छन्, तर नेपाल राष्ट्रकाे आवश्यकता र नेपाली जनताकाे आवश्यकता अनुसार पूरै सन्तुष्ट छैन, अर्काे वर्ष अझ तीब्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाे थिएँ, म आजकाल १० बजे नै सिंहदरबार पुग्छु, मन्त्रालयको रिपोर्टिङ लिने गरेको छु, उहाँहरूलाई एक महिनाको टार्गेट दिएको छु, जिम्मेवारी पूरा नगर्नेलाई हेरफेर गर्ने भनेकाे छु ।’

सरकारकाे कार्यशैलीलाई अझ सुधार गर्ने प्रयास गरिरहेकाे उहाँले बताउनुभयाे । आफ्नो तेस्रो कार्यकालको पहिलो १ वर्षमा केही नयाँ मानक स्थापित भएकाे र त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने प्रधामन्त्री प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘तपाइँहरुलाई थाहै छ, मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ, जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशकाे अर्थतन्त्र निक्कै त्रासदिपूर्ण र चुनौतीपूर्ण अवस्थामा थियो, मानिसहरुमा अब अर्थतन्त्र डुब्याे भन्ने आतंक थियाे, निर्वाचनबाट आएको त्रिशंकु संसद्‌ले राजनीतिक स्थायित्व दिने-नदिनेमा निकै ठूलो संशय थियो, तर १ वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै क्रमश: सकारात्मक दिशातिर अगाडि बढिरहेकाे छ ।’

१ वर्षकाे अवधिमा देशकाे अर्थतन्त्रमा महत्वपूर्ण सुधार भएकाे र विदेशी मुद्राकाे सञ्चिति इतिहासमै सबैभन्दा धेरै भएकाे दाबी प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

नेपालकाे इतिहासमा सबैभन्दा धेरै पर्यटन आगमनकाे रेकर्ड बनेकाे, बैंककाे ब्याजदरमा कटाैती हुँदै गएकाे, सहकारी र  लगुबित्तकाे समस्याकाे विस्तारै सम्बाेधन हुन थालेकाे, भुक्तानी सन्तुलन, रेमिट्यान्समा वृद्धि र शिथिल भएका उद्याेग-व्यवसायका क्षेत्र क्रमश चलायमान भइरहेका उहाँले दाबी गर्नुभयाे ।

विश्वकाे अर्थतन्त्रकाे तुलनामा नेपालकाे अर्थतन्त्रमा राम्राे सुधार भएकाे कुरा बताएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । सुशासनकाे क्षेत्रमा पनि सरकारले राम्राे काम गरिरहेकाे उहाँले बताउनुभयाे ।

नागरिकता ए‍ेन, मिटरब्याज पीडितका लागि कानुन ल्याउने काम भएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । सेवा प्रवाहकाे क्षेत्रमा सुधार हुँदै गएकाे, विद्यालयमा पाठ्यपुस्तक र किसानलाई समयमै मल उपलब्ध गराइएकाे दाबी उहाँले गर्नुभयाे । सार्वजनिक संस्थान बिस्तारै नाफामा जान लागेको र बन्द भएको उद्योग सञ्चालन भएको दाबी उहाँले गर्नुभयाे । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि सुधार भएकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे ।

अर्घाखाँचीकाे विकास र समृद्धिका लागि संघीय सरकारकाे ध्यान गएकाे र जिल्लामा गराइएकाे ध्यानाकर्षणले काम अगाडि बढाउन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे । जिल्लाकाे विकासका लागि अर्घाखाँचीमा देखिएकाे सहकार्यकाे संस्कृतिबाटआफू प्रभावित भएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

आफूले केन्द्रमा सकेसम्म राष्ट्रिय मुद्दामा समन्वय र सहकार्यकाे काेशिस गर्दै आएकाे दाबी प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ‘अर्घाखाँचीमा तपाइँहरुले सहकार्यकाे संस्कृति प्रदर्शन गर्नुभएकाे छ, याे संघीय सरकारका लागि पनि एउटा उर्जा भएकाे महशुस गरेकाे छु’- उहाँले भन्नुभयाे ।

अर्घाखाँचीकाे विकास र समृद्धिका लागि आफूले सहयाेग गरिरहेकाे दाबी प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । नाैमुरे जलविद्युत परियाेजना बनाउने र त्यसका लागि कार्यालय स्थापना गर्ने काम भएकाे उहाँले बताउनुभयाे ।

Comments are closed.