रहनुभएन साहित्यकार दधिराज सुवेदी

वरिष्ठ साहित्यकार/समालोचक, नयाँ पुस्ताका लागि उत्प्रेरक आदरणीय दधिराज सुवेदीको ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ।
वि.सं. २००४, साउन ४ गते, भोजपुर, दिङलामा जन्मिनुभएका दधिराज सुवेदी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका सदस्य सचिव र प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष हुनुहुन्थ्यो । नेपालीमा स्नातकाेत्तर सुवेदी मूलत: समालोचनामा सक्रिय हुनुहुन्थ्यो । नेपाली वाङमयका विशिष्ट साधक उहाँका नेपाली साहित्य आजको सन्दर्भमा, साधनाको अभिरेखाङ्कन, मातृकाका कथा र उनको कथाशिल्प, प्रतिभा र प्रस्तुति र नेपाली साहित्यका मुस्कानहरू आदि समालाेचनाका कृति प्रकाशित छन् ।
उहाँलाई केही समय यता क्यान्सर रोगले सताएको थियो।
पारिवारिक स्रोतका अनुसार उहाँको अन्तिम संस्कार आजै विराटनगरको परोपकार घाटमा गरिनेछ।

Comments are closed.