काठमाडौं । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयक पीडित मैत्री रहेको बताएका छन्।‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता’ विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।गृहमन्त्री लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताए। बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने गृहमन्त्री लेखकको भनाई छ।
गृहमन्त्री लेखकले भने,‘जहिले, जसरी भए पनि बलात्कार बलात्कार नै हो,त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन । देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ?’
सबै सरोकारवालाको चासो हेर्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा योभन्दा राम्रो गर्न नसकिने बताए ।गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन कार्यान्वयनमा निकै ठुलो चुनौती रहेको भन्दै सबै पीडितहरू संवाद गरेर एकै ठाउँमा उभिन आग्रह गरे ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.