काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डवाजी गर्न आवश्यक नभएको बताउनुभएकाे छ ।
बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘अहिले सरकारमा भएका पार्टी धेरै पुरानो पाटीहरु हो । हामीले काम गर्न सक्छौ, देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी छैन् । किनभने हामीले गरेर देखाइ सकेका छौ । हामीभन्दा अगाडिका पीडिहरुले धेरै गारो समयमा नेपाललाई अगाडि सारेको पार्टी अहिले सरकारमा छन् । त्यसकारणले हामी सबैभन्दा राम्रो छौ भनेर देखाउनु पर्ने, स्टन्ड् गर्नुपर्ने जरुरी अहिलेको सरकारलाई छैन् । धेरै सोचेर, छानेर नै अहिलेका मन्त्रीहरु बनेका छन् ।’
उहाँले सरकार काम गर्ने कुरामा एकदमै गम्भिर रहेको भन्दै यो सरकारलाई कति बेला के हुने हो भन्ने चिन्ता नभएको हुनाले निर्धक्क भएर काम गर्ने पनि बताउनुभयाे ।
नेपाल कुन दिशा तर्फ लानको लागि नेपाली काङ्ग्रेसको सभापति र एमालेको अध्यक्ष दुईजनाले धेरै संघर्ष गरेको भन्दै अब भने देशको लागि केही गर्नुपर्छ भनेर अहिलेको सरकार बनेको पनि उनले स्पष्ट पार्नुभएकाे छ ।
विभागको व्यवस्थित पहिलाको तुलनामा धेरै राम्रो भएको भन्दै सेवाग्रहीलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिनुभएकाे छ ।
आफूमाथि लागेको आरोपहरु सत्य नभएको भन्दै मलाई केही गरेर शेरबहादुर देउवालाई तल पार्ने खेल भएको पनि उहाँको भनाई छ ।
Trending Now
- Partly cloudy in Kathmandu Valley today
- Meeting between Prime Minister Oli and the Pakistani Ambassador
- Festivals help to strengthen national unity: President
- धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
- एमाले सचिवालय बैठक आज बस्दै
- सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्नू : गृह मन्त्रालयले भन्यो
- नेपाल पत्रकार महासंघको नवनिर्वाचित कमिटीको पहिलो बैठकका चार निर्णय
- चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर
- गायक दिपेश विष्टको ‘कोइली बनैमा’ सार्वजनिक
- Christmas Day is celebrated as a public holiday across the country to commemorate the birth of Jesus Christ.
Comments are closed.