Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

तीन राजनीतिक दलले बुझाए समानुपातिकतर्फको बन्दसूची

Editorial Team by Editorial Team
December 29, 2025
in Nepal, News
0
६ राजनीतिक दल खारेज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीनवटा राजनीतिक दलहरूले बन्दसूची पेस गरेका छन् । तीनवटा राजनीतिक दलहरूले १ सय ३४ जनाको बन्दसूची आयोगमा पेस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आइतबार र सोमवार बन्दसूची पेस गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूची पेस गर्ने कामलाई दुई चरणमा गरिरहेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहेर-नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उहाँले बताउनु भयो ।
निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने उहाँको भनाइ छ । उहाँले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताउनु भयो । सोमबार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने उहाँकाे भनाइ छ।
उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पुस १३ र १४ गते दुई दिन बन्दसूची पेस गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म तीनवटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची यहाँ भेरिफाइड भइसकेको छ । निस्सा लिएर बन्दसूची पेस गर्ने चरणमा उहाँहरू हुनुहुन्छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौँ ।’
प्रवक्ता भट्टराईले विभिन्न समूहहरूको प्रतिनिधित्व गराउने कानुनी व्यवस्थाअनुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गर्नुभयो । आयोगले त्यसको लागि राजनितिक दलहरूलाई अभिमुखिकरण पनि गरेको उहाँको बताउनु भयो । उहाँले संशाेधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम्म समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिनुभयो ।
उहाँकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाइ गरेर कानुनअनुसार मिले-नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिइने छ ।

Advertisement Banner
Previous Post

उपसभामुख इन्दिरा रानाको राजीनामा

Next Post

मेयर बालेन पदबाट राजीनामा दिदैँ

Editorial Team

Editorial Team

Next Post
मेयर बालेन पदबाट राजीनामा दिदैँ

मेयर बालेन पदबाट राजीनामा दिदैँ

Recommended

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

2 weeks ago
President calls for wider support to conduct March 5 HoR elections successfully

President calls for wider support to conduct March 5 HoR elections successfully

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.