काठमाडौं — नेपाली काव्यअन्तर्गत मुक्तक विधामा विभिन्न काम गर्दै आएका चार संस्था नेपाल मुक्तक प्रतिष्ठान, घुम्ती मुक्तक नेपाल, मुक्तक मञ्च काठमाडौं तथा मुक्तकालय नेपालले संयुक्तरूपमा टिकटमा मुक्तक कार्यक्रमको आयोजना गर्दै मुक्तक वाचन गरेको छ ।
काठमाडौं प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले नेपाली मुक्तक परम्पराबारे बोले ।
उक्त अवसरमा ११ जना मुक्तककारहरू भैरहवाका रुद्र ज्ञवाली, रौतहटका हरिकृष्ण काफ्ले, नेपालगन्जका खगेन्द्र गिरी ‘कोपिला’, झापाका मदन भण्डारी, पोखराकी सरु लामिछाने, काठमाडौंका उदास कार्की, सन्तोष अम्गाईं, मीना चौलागाईं, पार्वती भट्ट, अनुराधा ढकाल तथा दीक्षा भण्डारीले दुई चरणमा गरेर १०/१० वटा मुक्तक वाचन गरेको घुम्ती मुक्तक नेपालका निर्मलरमण पराजुलीले जानकारी गराएका छन् ।
Trending Now
- नेपाली सेना व्यापार व्यवसायमा : घरजग्गादेखि जुत्तासम्म आठ अर्ब लगानी
- Trump unveils gold card visa, says it’s the Trump card
- एपेक नेपालद्वारा उषा शेरचन र हेमन्त शिशिर पुरस्कृत
- South Korea announces presidential election
- US tax policy: Canada files WTO complaint against US tariffs
- Prime Minister Oli addressing the Madhes Provincial Assembly
- आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : यी स्थानमा सडक डाइभर्सन गरिने
- वायु प्रदूषणका कारण उडानहरू प्रभावित
- Maoist team under the leadership of Dinanath Sharma is going to China
- Nepal’s Supreme Court and India’s Supreme Court sign MoU
Comments are closed.