आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।[१] सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी

इन्द्र जात्राकाे अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगाे ठड्याएपछि जात्रा सुरु हुन्छ ।

वर्षा र सहकालका देवता इन्द्रकाे पूजा आराधना गरेर इन्द्रजात्रा मनाइन्छ । मुख्य रुपमा भाद्र शुक्ल चतुर्दशी (यो वर्ष असोज ११ गते) मा इन्द्रको पूजाआरधाना गरी इन्द्रजात्रा पर्व मनाइन्छ ।

८ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी याे पर्व मनाइन्छ । इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्रा समापन गरिन्छ ।

काठमाडौंमा इन्द्रजात्रा सुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गर्ने प्रचलन छ ।

इन्द्रजात्राका दिनमा बसन्तपुरमा राष्ट्रपति लगायत उच्चपदस्थ व्यक्तिहरु सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ ।  यस वर्ष इन्द्रजात्रामा २० जना विदेशी पाउनालाई निमन्त्रणा गरिएकाे काठमाडाैं महानगरपालिकाले जनाएकाे छ ।

Comments are closed.