आज नवरात्रको दोस्रो दिन, देवी ब्रह्मचारिणीको पूजा गरिँदै

आज नवरात्रको दोस्रो दिन, देवी ब्रह्मचारिणीको पूजा गरिँदै काठमाडौँ नेपालीको महान् चाड बडादशैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन, आज भगवती ब्रह्मचारिणीको पूजा अर्चना गरिँदै छ । ब्रह्मचारिणी माँ की नवरात्र पर्व दोस्रो दिन पूजा-अर्चना गरिन्छ । ब्रह्म का अर्थ तपस्या र चारिणी यानी आचरण गर्ने हो। यस प्रकारको ब्रह्मचारिणी का अर्थ तप का आचरण गर्ने। इनको दाईने हाथमा जप की माला र बाएँ हातमा कमण्डल रहेको छ । आज देवीका विभिन्न मन्दिरमा ब्रह्मचारिणी देवीको पूजा अर्चना गरिँदै छ । ब्रह्मचारिणीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजा गरिन्छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाह पूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ । पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी भनिएको देवी भागवत लगायतका ग्रन्थहरूमा उल्लेख छ । शास्त्रहरूमा ब्रह्मचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ। ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने विश्वास लिइन्छ । उहाँको आशीर्वादले ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउँदछ भन्ने धार्मिक मान्यता रहेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटाैँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Comments are closed.