काठमाडाैं । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष याे दिवस मनाउन थालिएको हो ।
जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते पर्वकै रुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
१ सय ४ वर्षे जहाँनिया राणाशासनको अन्त्य गर्दै स्थापना भएकाे प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
सरकारले आज विशेष कार्यक्रम गरेर दिवस मनाउँदैछ । सरकारले ३ दिन दिवस मनाउने घाेषणा यसअघि नै गरिसकेकाे छ । दिवस मनाउन मूल समाराेह समिति समेत बनाइएकाे छ । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिनुभएकाे छ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
Comments are closed.