काठमाडौं– त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।
यस्तै सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय मा पनि स्ववियु निर्वाचन हुँदैछ । त्यहाँ पनि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । मप विश्वविद्यालयमा पनि यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.