काठमाडौं–– त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा बुझाएका छन् ।उनले केहीदिन अघि राजीनामा लेखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको उच्च स्रोतले जनाएको छ ।गत साल फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकाले बराललाई उपकुलपति नियुक्त गरेको थियो ।तर, बरालको नियुक्ति र कार्यशैलीमाथि सत्तारुढ दल नेकपा एमालेले प्रश्न उठाएको थियो ।‘प्रधानमन्त्री कार्यालयमा उहाँ आउनसक्ने अवस्था छैन । यदी त्यस्तो थियो भने उहाँले काम नै गरिहाल्नुहुन्थ्यो,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो ।बरालले केहीदिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले राजीनामा दिने जानकारी गराएका थिए । प्रचण्डले यसबारे शनिबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा बताए ।
सोही बैठकमा रहेका एक प्राध्यापकका अनुसार बरालले आफूलाई राजीनामा दिन बाध्य पारिएको गुनासो प्रचण्डसँग गरेका थिए ।उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.