काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।नरेशप्रसाद ओझा मुख्य व्यक्ति रहेको जुगल बिल्डर्स कम्पनी कोटेश्वर र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको जेएमबीडी इन्टरनेशनल चाबहिललाई कालोसूचीमा राखेको हो ।जुगल बिल्डर्स तीन वर्षका लागि र जेएमबीडी इन्टरनेशनललाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिदप्रक्रियामा भाग लिन पाउँदैनन् ।जुगल बिल्डर्सलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी र जेएमबीडी इन्टरनेशनललाई कालोसूचीमा राख्न प्रहरी प्रधान कार्यालय नक्शालले सिफारिस गरेका थिए ।
Comments are closed.