चिसोका कारण जाजरकोटमा दुई जनाकाे मृत्यु

काठमाडाैं ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएका कारण त्रिपालमुनी बस्दा चिसाे बढी असर गरेर ज्यान गएकाे हाे ।

कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु भएर गएकाे ६ दशलमलव ४ रेक्टर स्केलकाे भूकम्पपछि घर बस्न नमिल्ने भएपछि उनीहरु पालमा बसेका थिए । भूकम्पले आवासबिहीन भएपछि जाजरकोटका ३४ हजार बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।

त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड-४ मा चिसोका कारण २ जना दीर्घरोगीको ज्यान गएको थियो ।

Comments are closed.