प्रचण्डको नेतृत्वमा माओवादीले बनायो पार्टी एकता संयोजन समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जाननकारी दिनुभयाे ।

याेसँगै नेकपा माओवादी केन्द्र  र बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता अघि बढाउन बाटो खुलेको छ ।

बैठकले पार्टीकाे विधान सम्मेलन फागुन १ गतेदेखि ३ गतेसम्म गर्ने निर्णय गरेकाे पनि प्रवक्ता सापकाेटाले बताउनुभयाे ।

Comments are closed.