नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेट गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास र समृद्धिको कामलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले गर्नुभएको शिष्टाचार भेटका क्रममा ओलीले नीति निर्माणमा युवाको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्य कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पहल गरिरहेको बताउनुभयो ।
ओलीले दुई ठुला दलबिचको सहकार्यमा सरकार गठन भएकाले जनताले राखेका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । उहाँहरू बिचको भेटमा दुई देशबिच रहँदै आएको सदियौँदेखिको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ ।

Comments are closed.