यमनमा अमेरिकाको आक्रमण असामान्य : एर्दोगान

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा हुथी लक्ष्यमा हवाइ आक्रमण गर्नु असामान्य भएको प्रतिक्रिया दिएका छन्।

 

 

उनले दुई देश र उसका सहयोगीले यो क्षेत्रमा असमान शक्ति प्रयोग गरेको आरोप लगाए। उनले अमेरिका र बेलायन लाल सागरलाई ‘रगतयुक्त पानी’मा परिणत गर्न उत्सुक रहेको बताए।

यसैबीच हुथी समूहले लाल सागरमा हवाइ हमलामा आफ्ना पाँच लडाकु मारिएको र अन्य ६ जना घाइते भएको बताएको छ।

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हुथी समूहले इजरायलसँग सम्बन्धित जहाजमा आक्रमण बढाएको छ। यसैको प्रतिक्रयास्वरूप अमेरिका र बेलायतले हुथीमाथि आक्रमणा गरेको बताइएको छ।

Comments are closed.