वासिङ्टन डीसी – अमेरिकाले उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो कारबाही उनको निर्देशनमा गरिएको सामाजिक सञ्जाल प्लेटफर्ममा एक पोस्टमा ट्रम्पले भनेका छन् ।
क्रिश्चियनहरूलाई क्रूरतापूर्वक मारिरहेका आतंककारीहरूविरुद्ध हमला गरिएको बताइएको छ । अमेरिकाले बिहीबार उत्तर पश्चिम नाइजेरियामा इस्लामिक स्टेट आतङ्कवादी सङ्गठन विरुद्ध घातक हमला सुरु गरेको ट्रम्पले बताए ।
ट्रम्पले अमेरिकी सेनाले कयौँ ‘उत्तम हमलाहरू गरेको’ बताए । बिहीबारको आक्रमण सोकोटो राज्यमा नाइजेरियासँगको समन्वयमा गरिएको अमेरिकी अफ्रिका कमान्ड (अफ्रिकम)ले बताएको छ । यो आतंकवादीहरूलाई लक्षित गरेर गरिएको संयुक्त अपरेसन भएको र कुनै विशेष धर्मसँग यसको कुनै सम्बन्ध नभएको नाइजेरियाली विदेशमन्त्री युसुफ मैतामा तुग्गरले बीबीसीलाई भने । निर्णय दुई देशको नेतृत्वले लिने भन्दै थप आक्रमण नहुने तुग्गरले अस्वीकार गरेनन् ।
ट्रम्पले नोभेम्बरमा नै ईसाईहरूलाई मार्न बन्द गरेनन् भने यसको नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिएका थिए ।





