धनगढीबाट बाजुरा जाँदै गरेको बोलेरो डोटीमा खस्यो, चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । डाेटीमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएकाे छ भने पाँच जना घाइते भएकाे छन् । आइतबार बिहान शिखर नगरपालिका- ६ काे अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा चार जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ । मृत्युु हुनेमा बाजुराकाे हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छाेरा कबिन्द्र बुढा र साेही ठाउँ बस्ने बिमला मलालकी ८ महिनाकी छाेरी प्रार्थना रहेका छन् ।

दुर्घटनामा घाइते भएका पाँचजनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालक भने प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल सेती नदीमा खसेको छ । अत्यधिक चिसो भएकाले जीपलाई निकाल्न नसकिरहेको प्रहरीले बताएको छ ।

Comments are closed.