पूर्वी तराईमा अति भारी वर्षा, उच्च सतर्कता आवश्यक

काठमाडौँ । पूर्वी तराईमा अति भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको हो ।

विशेषगरी सुनसरीको इटहरी र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ । विभागले शुक्रबार बिहानै सूचना जारी गरी उल्लिखित स्थानमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको जानकारी दिएको हो ।

आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अति भारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अति उच्च सतर्कता अपनाऔँ।’

Comments are closed.