डब्बु क्षत्रीको ‘दूर सागर’गीतको भिडियो रिलिज

काठमाडौं, मंसिर । गायक तथा संगीतकार राज सागरसँगको सहकार्यमा गीतकार डब्बु क्षत्रीले नयाँ गीत ‘दूर सागर’ गीतको भिडियो ल्याएउनु भएको छ । गीत बुढासुब्बा डिजिटलबाट रिलिज भएको हो ।

गीतमा संगीत र स्वर राज सागरको रहेको छ । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गर्नुभएको हो । गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।

गीतमा गायिका तथा मोडल सरिता भारती, मिलन दाहाल, सृष्टी कडरिया, आकाश दाहाल र निश्चल विक्रम पौडेलले अभिनय रहेको छ।

Comments are closed.