काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्टलाई एक ठाउँमा ल्याउने अभियान चलाउन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार ‘२४ औँ जेल ब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै विप्लवले कम्युनिष्ट भित्र रहेका त्रुटि सच्याउँदै भावनात्मक कुरालाई जोडेर अघि बढ्नु पर्ने बताउनुभयो । देशलाई कुनै पनि हालतमा गलत तत्त्वको हातमा हाल्न नसकिने र त्यसबाट बचाउन कम्युनिष्ट एक हुनु पर्ने चन्दको भनाइ छ ।
नेपाललाई समाजवादी विशेषताको गणतन्त्रमा लैजान कम्युनिष्ट एक हुनु पर्नेमा उहाँले जोड दिनुभयो । सोही अवधारणा अनुसार समाजवादी मोर्चा बनेको उहाँले सुनाउनुभयो । एम दिन माओवादी एक हुने बताउँदै उहाँले नेपालका सबै कम्युनिष्टलाई एक बनाउनु पर्ने बताउनुभयो । ‘माओवादी त छँदै छ, माओवादी त एक हुन्छ , एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि नगरे पनि, आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ, बन्छ’, उहाँले भन्नुभयो ।
माओवादी मात्र होइन २००६ सालमा पुष्पलाले बनाएको नेपाल कम्युनिष्ट पार्टीलाई फेरी एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो । यस विषयमा बहस चलाउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘नेपालको विकेन्द्रित कम्युनिष्ट आन्दोलन, नेपालको कम्युनिष्ट मुभमेन्टलाई एकै ठाउँमा ल्याउने आशा विश्वास हामीले राख्नु पर्छ’, उहाँले भन्नुभयो ।
चन्दले विकृति विरुद्धको आन्दोलन पनि समाजवादी आन्दोलन भएको बताउनुभयो । त्यही काममा अहिले सरकार लागिरहेको उहाँले बताउनुभयो । देशलाई सङ्कट पर्यो भने माओवादी र कम्युनिष्ट पार्टी एक भएर थेग्नु पर्ने उहाँको भनाइ छ ।
चन्दले निराश भएर अघि बढ्न नसकिने तथा आशा र विश्वास कहिल्यै मर्न दिनु नहुने बताउनुभयो । आशा मर्न दिनुहुन्न, आशा मर्यो भने जीवन मर्छ, देश मर्छ, जनता मर्छ, युवाले हरेस खानु हुँदैन र आशा मर्न दिनुहुँदैन’, उहाँले भन्नुभयो ।
Trending Now
- धीरकुमार श्रेष्ठको ‘आख्यानको आँखीझ्याल’ र ‘अध्ययन विश्लेषण’ पुस्तक लोकार्पण
- साहित्यकार गाम्नागेको कृति ‘दलालशाला’ झापा र दुबईबाट एकसाथ विमोचन
- Iranian President warns Trump not to risk ‘war’
- राष्ट्रपतिद्वारा तीन गैरआवासीय राजदूत नियुक्त
- Israel and Hamas ended a 15-month war, with a full ceasefire effective Sunday.
- नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
- पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैंयाले बढ्यो
- यस्ता छन् सरकारले ल्याएका पाँच अध्यादेश
- Meeting between Nepali Congress leader Koirala and Martin.
- सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ: गृहमन्त्री लेखक
Comments are closed.