विराटनगर — विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सम्पन्न भएको छ । विविध विषयको बहससहित तीन दिनसम्म उत्सव चलेको थियो । उत्सवको अन्तिम दिन शनिबार प्राध्यापक कृष्ण पोखरेलले नेताहरूको अध्ययनको सीमाबारे धारणा राखे ।
राजनीतिज्ञहरुले साहित्य मर्मज्ञ हुन, जरुरी रहे पनि हाम्रा नेताहरु खासै अध्ययनशील छैनन्’,प्राध्यापक कृष्ण पोखरेलले सुनाए,‘नेताहरुले किताब पढिरहनु पर्दैन भन्ने भाष्य स्थापित हुनु दुःखद हो ।’
‘राजनीति र साहित्यः साहित्यमा राजनीति’ शीर्षकको प्यानल छलफलमा बोल्दै पोखरेलले नेपालको राजनीति, राजनीतिक इतिहास, राजनीतिक उतारचढाव वुझ्न पनि साहित्यको अध्ययन जरुरी रहेको औल्याए ।
पत्रकार पर्वत पोर्तेलले सहजीकरण गरेको छलफलमा कवि मिश्र बैजयन्ति र पत्रकार रामििरझन यादवले साहित्य लेखनको साइनो राजनीतिसँग प्रत्यक्ष गाँसिने टिप्पणी गरे ।
अर्को सत्रमा भरत वस्नेत र निर्मला कोइराला संग पत्रकार कृष्ण अधिकारीले ‘योगवाणी र योगमाया’ बारे चर्चा गरे । वक्ताहरुले योगमायाको विद्रोहदेखि देवत्वकरणसम्मको प्रसंग उप्काउँदै त्यो समय उनले गरेको साहसलाई अतुलनीयको रुपमा तुलना गरे ।
‘आख्यानमा चरित्र निर्माणः परिकल्पना र प्रस्तुति’ शीर्षकको छलफलमा आख्यानकारहरु रमेश सायन, कविता राई र वियस राईले आख्यानमा चरित्र निर्माणका सकसवारे अनुभूति साटे । दिपक शम्चूले छलफल सहजीकरण गरे ।
अन्तिम सत्रमा कविहरु मुनाराज शेर्मा र सीमा आभाष तथा रामजी तिम्सिनाले ‘पात्र र लैङ्गिकता’ माथि साङ्गोपाङ्गो छलफल गरे । कवि दिपा दाहालले छलफल सहजीकरण गरिन् ।
आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा आयोजित उत्सवको दोस्रो दिन मातृभाषा कविता वाचनबाट सुरु भएको कार्यक्रम गजल गुञ्जनमा पुगेर मैझारो भयो ।
मातृभाषा कविता वाचनमा शिवनारायण पण्डित (मैथिली), श्रीशिशा राई (वान्तवा), विश्वरसिंह मेवाहाङ (मेवाहाङ), नरेन्द्र परासर (संस्कृत), शिवु मुर्मु (सन्थाल), पूजा वहार (भोजपुरी), नारायण प्रसाद राजवंशी (राजवंशी), लक्ष्मण नेवटिया (मारवाडी), रामसागर चौधरी (थारु), इन्दु योन्जन तामाङ (तामाङ) र सरिता तुलाधरले (नेवारी) भाषामा कवता वाचन गरे ।
मधु पोखरेल, रोमु अधिकारी, विशाल भण्डारी, एन्जिला थामी, कल्पना आचार्य, सृष्टि सावित्री, सुमी पोखरेल, दिपक कट्टेल, प्रशान्त वाग्ले, सिन्धु निरौला, याक्थुम्वा कान्छा र विश्वजीत चाम्लिङले गजल गुन्जाए ।
Trending Now
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
- पूर्व प्रधानमन्त्रीहरूसँग प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल
- Meeting between Speaker Ghimire and Prime Minister of Cambodia
- सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
- वायु प्रदूषण बढेपछि वातावरण विभागले भन्यो –प्लास्टिकजन्य फोहोर नजलाउनू
- Shreyas Iyer becomes the most expensive player in IPL so far
- गृहमन्त्रीले मन्त्रिपरिषद्मा पेश गरे प्रहरी विधयेक
- ‘लाफ्टर फर लाईफ’ कार्यक्रम प्रहरी हेडक्वाटरमा सम्पन्न
- उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा
Comments are closed.