युक्रेनमा युद्धले क्षतिग्रस्त बनेको पानीको बाँध फुट्दा१६ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा हालै क्षतिग्रस्त बनेको पानीको बाँध फुटेर आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ ।

त्यसैगरी ३१ जना बेपत्ता भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार सो बाँध भत्केपछि दर्जनौ गाउँ डुबानमा पर्दा १३ सय घर पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान जोखिममा परेको छ । युक्रेनको खोकवका बाँध युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको थियो ।

बाँध फुटेर जोखिममा परेका ३ हजार ६ सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीको प्रभाव युक्रेनको खेरसान, निप्रोपेत्रोस्क लगायत मिकोलेव शहरमा समेत परेको छ । युद्धको चपेटामा परेको युक्रेनी नागरिक बाढीले थप मारमा परेका छन् ।

Comments are closed.