आईफोन धेरै समयसम्म टिकाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । आईफोनमा केही यस्ता फिचर छन्, जसकाे प्रयाेगले फाेन धेरै समयसम्म टिक्छ । तर यस्ता फिचरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ । सबैभन्दा पहिले त फाेन टिक्ने/नटिक्ने कुरा ब्याट्रीकाे अवस्थामा भर पर्छ ।

ब्याट्री जोगाउनका लागि केही सामान्य प्रक्रिया भनेको फोनलाई डार्क मोडमा राख्नु, लोकेसन सेवा बन्द गर्ने लगायत हुन् । ब्याट्रीको सुरक्षा गर्दा फोन टिकाउ हुने मात्र होइन, आफ्नो पैसाको बचत र विभिन्न झन्झटबाट पनि जोगिन सकिन्छ ।

अटो-ब्राइटनेस फिचर 

आईफोनकाे ब्याट्री जोगाउने एउटा महत्त्वपूर्ण तरिका हो, ‘अटो ब्राइटनेस फिचर’ । यो फिचरले मोबाइलमा पर्ने प्राकृतिक प्रकाशको आधारमा फोनको ब्राइटनेसलाई स्वत: बढाउने र घटाउने काम गर्छ ।

आईफोनमा अटो-ब्राइटनेस फिचर इनेबल गर्न मोबाइलको सेटिङमा गएर ‘एक्सेसिबिलिटी’ फिचरमा ट्याप गर्नुहोस् । यसपछि ‘डिस्प्ले एन्ड टेक्स्ट साइज’मा ट्याप गरेर अटो-ब्राइटनेस फिचरमा ट्याप गर्नुहाेस् ।

हाई इफिसियन्सी फोटो फर्म्याट 

हाई इफिसियन्सी फोटो फर्म्याटले फोटो र भिडिओको फाइल साइज ५० प्रतिशतसम्म घटाएर ब्याट्री जोगाउन मद्दत गर्छ । यो फिचरले फोटो र भिडिओ लोड हुने समयलाई कम गर्ने हुँदा फोनले ब्याट्री कम खपत गर्छ ।

यो फिचर इनेबल गर्न मोबाइलको सेटिङमा गएर क्यामेरामा ट्याप गर्नुहोस् । यसपछि फर्म्याटमा ट्याप गरेर हाई इफिसियन्सी फिचरमा ट्याप गर्नुहोस् ।

ब्याट्री अप्टिमाइजेसन

आफ्नो फोनलाई ओभरचार्ज हुनबाट जोगाउन ‘ब्याट्री अप्टिमाइजेसन’ फिचर प्रयोग गर्न सकिन्छ । कहिलेकाहीँ फोन चार्ज गरेर अनप्लग गर्न बिर्सिएको खण्डमा यो फिचरले ब्याट्रीलाई ओभरचार्ज भएर तातो हुनबाट जोगाउँछ ।

तर यो फिचर आईओएस १३ भन्दा माथिको अपडेट भएको आईफोनमा मात्र प्रयोग गर्न सकिन्छ ।

यसका लागि आफ्नो मोबाइलको सेटिङमा जानुहोस् र ब्याट्री अप्सनमा ट्याप गर्नुहोस् । यसपछि ‘ब्याट्री हेल्थ एन्ड चार्जिङ’ फिचरमा ट्याप गर्नुहोस् र ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ अप्सनमा ट्याप गर्नुहोस् ।

लो-पावर मोड 

कहिलेकाहीँ कुनै यात्रा अथवा, अन्य समयमा फोनमा ब्याट्री दिनभर टिकाउन लो-पावर मोडमा राखेर पनि फोन प्रयोग गर्न सकिन्छ ।

यस‍ले फोनमा आउने विभिन्न नोटिफिकेसनहरूलाई बन्द गर्छ, जसले तपाईँको ब्याट्री खपत कम गराउन सक्छ ।

यो फिचर प्रयोग गर्न मोबाइलको सेटिङमा गएर ब्याट्रीमा ट्याप गरेर लो-पावर मोड फिचर इनेबल गर्नुहोस् ।#techpana

Comments are closed.