Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँः प्रमुख जिल्ला अधिकारी पौडेल

Editorial Team by Editorial Team
March 30, 2026
in Nepal, News
0
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँः प्रमुख जिल्ला अधिकारी पौडेल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनैपनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ । आईतवार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ती फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनु भयो । आफूहरुलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले शनिवार फिल्डमा भएको गतिविधिबारे राम्रोसुँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानूनी कारबाही गरिने समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरुलाई पनि यही अनुरोध गर्छौँ । यो बिचमा हामीले जुन खालको हिंसा देख्यौँ त्यो अवस्थाबाट अब स्थीरतातर्फ जादैगर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा यो एआईको जमानामा मिडियामा छुट्टै ढंगले पनि जानसक्छ । यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्न चाहान्छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरु भएका छन् । हाम्रोतर्फत सबै क्षेत्रमा के भइरहेको छ भने फिल्डबाट हामी आएका हौँ ।
हामी सुरक्षाकर्मीहरुलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ । केही हर्कतहरु हिजो भएका छन् । ती सबैलाई कानूनी दायरमा ल्याउँछौँ ।’
पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो । विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ ।

Advertisement Banner
Previous Post

इङलिश प्रिमियर लिग क्लब टोटनह्यामले मुख्य प्रशिक्षक इगोर टुडोर बर्खास्त

Next Post

प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

Editorial Team

Editorial Team

Next Post
प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

प्रा.डा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान

Discussion about this post

Recommended

Jyotiraditya M. Scindia flags off First Made in India Dornier Aircraft Flight

Jyotiraditya M. Scindia flags off First Made in India Dornier Aircraft Flight

4 years ago
Foreign Secretary Bharat Paudyal visited former Foreign Secretary Bishwa Pradhan, and honoured him

Foreign Secretary Bharat Paudyal visited former Foreign Secretary Bishwa Pradhan, and honoured him

4 years ago

Don't Miss

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

March 30, 2026
पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

March 30, 2026
अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

March 30, 2026
आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.