काठमाडौँ-सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गराएरै छाड्ने बताएका छन् ।
संघीय संसदमा छलफलको क्रममा रहेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अलोकतान्त्रीक समुहबाट केही विरोध आएको भएपनि वास्तवमा सामाजिक सद्भाव र सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक हितकर रहेको मन्त्री गुरुङले प्रस्ट पारे ।
नेपाल दुरसञ्चार प्राविधिकरणले सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्र्दभमा आज राष्ट्रिय कार्यशालामा बोल्दै उनले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजको सद्भाव विथाल्ने कार्य भइरहेको बताए । यसको लागि आवश्यक नियमन गर्न विधेयक जरुरी रहेको उनको तर्क छ । सामाजिक सञ्जाल नियमन गर्नु भनेको बन्द गर्नु र नियन्त्रण गर्नु नभएको प्रस्ट पार्दै मन्त्री गुरुङले सही तरिकाले सभ्य तरिकाले प्रयोग गर्न, सचेत गराउन खोजिएको बताए । संसदमा छलफलको क्रममा रहेको विधेयक जसरी पनि पास गर्ने उनले जानकारी दिए ।
“विधेयक ल्याउने कुराले यो मुलुकका अनडेमोक्रेटिक फोर्सेसहरुलेहंगामा चलिरहेकोछ”, उनले भने, “विधेयकमा नियमन गर्ने भनेको फेशबुक हेर्नै नपाउने भनेर जनमानसमा गलत प्रचार गरिएकोछ । जुन ठिक होइन ।” नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता मौलिक हक भएपनि कसैलाई गालि गलौच गर्ने अधिकार नरहेको बताए । सामाजिक सञ्जालमा देखिएको यही अव्यवस्थीत अभिव्यक्तीलाई व्यवस्थापन गर्न विधेय ल्याउने उनको जोड छ ।
साथै कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आइटि मार्फत उद्योग कसरी फस्ट्याउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्दैआएको बताएका छन् । एआई सम्बन्धी नीति, साइबर सुरक्षा सम्बन्धी नीति ल्याउनुका साथै विगतका पुराना ऐन कानुन समय सापेक्ष परिमार्जन गर्ने कार्यमा मन्त्रालय लागेको उनले जानकारी दिए ।
कार्यक्रममा सञ्चार मन्त्रालय सचिव राधिका अर्यालले मन्त्रालयले नीतिगत रुपमा सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउने कार्यमा लागेको बताउँदै यसका लागि निजी क्षेत्रको समेत साथ र सहयोग आवश्यक रहेको बताइन् । साइबर सुरक्षा पछिल्लो समय मुख्य चुनौती रहेकोमा उनले ध्यानार्कषण गराइन् । यसमा उपभोक्ता र व्यवसाय सबैले सचेत हुनु पर्नेमा जोड दिदै सरकार नीतिगत रुपमा सुरक्षाको प्रत्याभूत गर्न सकारात्मक रहेको बताइन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले इन्टरनेट असुरक्षित हुँदा बालबालिका र महिला बढी पिडित भएको बताइन् । साथै इन्टरनेटले मानवबेचविखनको खतरा समेत बढाउै गएकोमा डिजीटल लिट्रेसी मा सरकारले जोड दिनुपर्ने बताइन् । यसको लागि महिला मन्त्रालय सबै सम्बन्धी निकाय सँग सहकार्य गर्ने सुनाइन् ।
कार्यक्रममा साइबर सुरक्षाबारे विभिन्न विज्ञ र सरोकारवाला माझ सामूहिक छलफल समेत गरिएको थियो ।
Comments are closed.