स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गर्न चाँडै निर्देशिका जारी गर्छौं : मन्त्री दामोदर भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गर्नका लागि स्वदेशी वस्तु उपभोग निर्देशिका चाँडै जारी गर्ने बताएका छन् ।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग जस्ता अभियानलाई राज्यले सकारात्मक रुपमा लिएको बताए ।

उनले त्यसको लागि आवश्यक नीतिगत व्यवस्थाको समेत तयारी अन्तिम चरणमा रहेको बताए । उनले प्रधानमन्त्री नेपाली उत्पादन उपभोग अभिवृद्धि लगायत कार्यक्रममार्फत निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । उनले उद्योग मन्त्रालय मातहतमा रहेका लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन महासंघको सुझाव अनुसार कार्यक्रम योजना तय हुँदै आएको आगामी दिनमा थप सहकार्य गर्ने बताए ।

उनले लघु,घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुलाई केन्द्रीय स्तरमा अन्तर्राष्ट्रिय स्तरको बिक्रीकक्ष स्थापनाको लागि भौतिक संरचना र सहुलियत राज्यले गर्ने उल्लेख गरे । उनले महिलाले सञ्चालन गरेका उद्योगहरूले धेरै रोजगारी सिर्जना गरेको भन्दै त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्न अनुदान सहयता तालिम तथा प्रविधि हस्तान्तरण गरिने बताए ।

उनले भने ‘स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले पहल गर्दै आएको बिक्रिकक्ष स्थापना,स्वदेशी वस्तु बिक्री बजार,सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग जस्ता अभियानलाई राज्यले सकारात्मक रुपमा मात्रै लिएको छैन ।

स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गर्नको लागि स्वदेशी वस्तु उपभोग चाँडै निर्देशिका समेत जारी गरिनेछ । प्रधानमन्त्री नेपाली उत्पादन उपभोग अभिवृद्धि लगायत कार्यक्रममार्फत निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । उद्योग मन्त्रालय मातहतमा रहेका लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन महासंघको सुझाव अनुसार कार्यक्रम योजना तय हुँदै आएको छ । लघु घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुलाई केन्द्रीय स्तरमा अन्तर्राष्ट्रिय स्तरको बिक्रीकक्ष स्थापनाको लागि भौतिक संरचना र सहुलियत राज्यले गर्ने छ ।

महिलाले सञ्चालन गरेका उद्योगहरूले धेरै रोजगारी सिर्जना गरेका छन् । त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्न अनुदान सहयता तालिम तथा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम उद्योग मन्त्रालयले गरिरहेको छ । महिला युवा र कृषि उद्यमीहरूको लागि सहुलियतमा स्टार्टअप कर्जाको व्यवस्थालाई थप बिस्तार गर्दै प्रभावकारी बनाउने नीति मन्त्रालयले लिएको छ । कृषिलाई औद्योगिकीकरण गरी मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले घरेलु साना उद्योग क्षेत्रमा विशेष प्राथमिकता दिने छ ।’

उनले महिला युवा र कृषि उद्यमीहरूको लागि सहुलियतमा स्टार्टअप कर्जाको व्यवस्थालाई थप बिस्तार गर्दै प्रभावकारी बनाउने नीति मन्त्रालयले लिएको बताए । उनले कृषिलाई औद्योगिकीकरण गरी मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले घरेलु साना उद्योग क्षेत्रमा विशेष प्राथमिकता दिने उल्लेख गरे ।

Comments are closed.