राष्ट्रिय स्वतन्त्र पार्टीभित्र कार्यवाहक सभापतिको बारेमा अभ्यास सुरु भएको छ । पार्टी सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण अभियोगमा प्रहरी हिरासतमा छन् । लामिछानेको बयान सकेर केही दिनभित्रै उनलाई अदालतमा पेश गरिने तयारी रहेको छ ।
रास्वपा बृत्तमा भने सभापति लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउनसक्ने गाँइगुईँ सुरु भएको छ । यदि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा कार्यवाहक सभापति को बन्ने भन्नेबारेमा पार्टी उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णीम वाग्लेबीच छलफल भई सहमति जुटिसकेको छ ।
रास्वपाका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीका अनुसार उपसभापति वाग्लेले अर्याललाई कार्यवाहक सभापतिको प्रस्ताव गरेका थिए । अर्यालले वाग्लेको प्रस्ताव सहर्ष स्वीकार गरेको र घोषणा हुनमात्रै बाँकी रहेको पराजुलीले बताए ।
दोषी प्रमाणित नभएसम्म रास्वपाको सभापति लामिछाने नै रहने र यदि अदालतले पूर्पक्षका लागि थुनामा पठाएको खण्डमा डीपी अर्याललाई कार्यवाहक बनाएर कार्यसम्पादन अगाडि बढाइने उनले बताए ।
‘जबसम्म उहाँ दोषी प्रमाणित हुनुहुन्न, तबसम्म उहाँ निर्विकल्प राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो । स्वर्णिम दाईले डीपीजीलाई प्रस्ताव गरिवरी तय भइसकेको कुरा हो । शिर्फ हामीले घोषणा नगरेको कुरा हो । त्यो घोषणा गर्नका लागि कानुनी प्रक्रियाले कस्तो रुप लिन्छ ? त्यसपछि हामी कुरा गरौंला,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.