काठमाडौं । विशेष अदालतले वाइडबडी जहाज खरिद प्रकरणको अनियमितताको सुनुवाइका लागि अदालतमा उपस्थित हुन पाँच विदेशी व्यक्ति र पाँच कम्पनीलाई पुर्जी जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अदालतले विमान आपूर्तिकर्ता तथा प्रस्तावक कम्पनीमध्ये इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष, एएआर कर्प इन्क, अमेरिका एवं गैरआवासीय नेपाली तथा ब्रिटिस नागरिक दीपक शर्मालाई अदालत उपस्थित हुन पत्राचार गरेको छ ।यस्तै अदालत उपस्थित हुन पत्र जारी गरेकामा हाईफ्लाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक तथा जर्मन एभिएशन क्यापिटल जर्मनी तथा सिङ्गापुरका प्रतिनिधि जर्मन नागरिक क्रिस्टियन न्युलेन र जर्मन एभिएसन क्यापिटल जर्मनीका फाइनान्स निर्देशक एवं रुमेनिआ तथा मोल्डोभाका नागरिक ओलेग क्यालिस्ट्रु छन् । अर्का एएआर इन्टरनेसनल इन्क अमेरिकाका अध्यक्ष तथा सीईओ जोन एम होल्मस, जर्मन एभिएसन क्यापिटलका प्रबन्ध निर्देशक एना टोपा, हाईफ्लाई ट्रान्सपोर्ट पोर्चुगलका अध्यक्ष पाउलो मिर्पुरीलाई पनि अदालत उपस्थित हुन पुर्जी जारी गरेको छ ।
अख्तियारले युनाइटेड किंगडमका नागरिक तथा अमेरिकाको इलिनोइस राज्यस्थित एएआर इन्टरनेसनल इन्कको एकीकृत सप्लाई चेन सोलुसन–कमर्सियलका पूर्व अध्यक्ष दीपक शर्मालाई पक्राउ गरेको जनाएको छ । त्यस्तै, भ्रष्टाचार विरोधी निकायले जर्मन नागरिक तथा हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेड डब्लिनका पूर्व निर्देशक क्रिश्चियन नुहेलेन र जर्मन एभिएसन क्यापिटल जीएमबीएचका पूर्व प्रतिनिधिलाई पनि पक्राउ गरेको छ । रोमानिया र मोल्डोभाका नागरिक र जर्मन एभिएसन क्यापिटल, जर्मनीका पूर्व वित्त निर्देशक ओलेग क्यालिस्ट्रुविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ ।अदालतले पाँच विदेशी कम्पनीहरूलाई पनि उपस्थितिको लागि सूचना प्रकाशित गरेको छ । अदालतले पुर्जी जारी गरेकोमा अमेरिकाको एएआर इन्टरनेसनल इन्क, जर्मनीको जर्मन उड्डयान राजधानी जीएमबीएच, पोर्चुगल हाई फ्लाई–ट्रान्सपोर्ट एरियोस, आयरल्यान्डको हाय फ्लाई एक्स आयरल्यान्ड लिमिटेड र एस्क्रो एजेन्ट नोर्टन रोज फुलब्राइट एलएलपी, जर्मनी छन् ।अदालतले एएआर इन्टरनेसनल, जर्मन एभिएसन क्यापिटल र हाई फ्लाई ट्रान्सपोर्ट एरियसको विशेष उद्देश्य कम्पनी हाई फ्लाई आयरल्यान्डलगायतको कन्सोर्टियमले संयुक्त रूपमा नियुक्त गरेको एस्क्रो एजेन्ट नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनीलाई पनि बोलाएको छ । विशेष अदालतले सोमबार पुर्जी प्रकाशित गरेको मितिले बाटोको म्यादबाहेक १५ दिन भित्र अदालतमा उपस्थित हुन भनेको छ । अदालतले प्रतिवादीहरूलाई जवाफ पेस गर्न थप १५ दिनको समय दिन सक्छ।
आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव जीवनप्रकाश सिटौलासहित २४ नेपाली, ६ विदेशी र विमान आपूर्तिकर्ता दुई विदेशी कम्पनीविरुद्ध १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४ सय ८२ रुपैयाँ बिगो मागदाबी गरेर बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रतिवादीमा पर्यटनमन्त्री र पर्यटन सचिवसहित वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी तथा सदस्य÷कर्मचारी तथा ठेकेदार कम्पनी एवं त्यसका प्रतिनिधि छन् ।विमान खरिद प्रकरणमा २०७३ पुस २७ मै अख्तियारमा उजुरी परेको थियो । त्यसको २ वर्ष पछि २०७५ पुस २६ मा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो । महालेखा परीक्षकको ५५ औं र ५६ औं वार्षिक प्रतिवेदनले पनि विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको औंल्याएको थियो ।लेखा समितिले उपसमिति बनाएर खरिद प्रकरणमा छानबिन गरेकामा अनियमितताका तथ्य र प्रमाण भेटिएपछि प्रतिवेदनसहित अख्तियारलाई अनुसन्धान गर्न जिम्मा दिएको थियो । अख्तियारले निगमका लागि जहाज खरिद गर्दा ‘बदनियतपूर्ण’ रूपमा खरिदका मापदण्ड संशोधन गरेको, निश्चित कम्पनीलाई अनुकूल हुने गरी प्रावधान राखेको, विमानको भारवहन क्षमताभन्दा बढी रकम भुक्तानी गरेको, बैंक जमानत–सुरक्षणबिनै रकम भुक्तानीका लागि डलर सटही सुविधा सिफारिस गरेको लगायत अभियोग लगाएको छ ।
Comments are closed.