फिल्म ‘बहाव’ ‘चैत २४ मा रिलिज

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’ अगामी चैत २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएका हुन् । फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतीमा निर्माण भएको हो ।

प्रमोद कँडेलको लेखन निर्देशन रहेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ ।

निर्देशक कँडेलले फिल्म ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताए । उनले पोष्टरमा फिल्मको थिमलाई प्रस्तुत गरिएको खुलाए ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् । फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।  सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत फिल्ममा छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Comments are closed.