विश्वकपः अस्ट्रेलियाको पहिलो जित

काठमाडौं । ट्युनिसियालाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रेलियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ मा पहिलो जित निकालेको छ ।

अल जानोब रंगाशालामा सम्पन्न खेलमा अस्ट्रेलियालाई जित दिलाउन मिचेल ड्युकले निर्णायक गोल गरे ।
खेलको २३औं मिनेटमा ड्युकले गोल गर्दे अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमै लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै उत्कृष्ट जित दर्ता गरेको हो ।

पहिलो खेलमा फ्रान्सससँग ४–१ गोलकोे नतिजामा पराजित भएको अस्ट्रेलियालाई नकआउट चरणमा स्थान बनाउने सम्भावना बचाई राख्न आजको खेल जित्नै पर्ने दवाव थियो ।
जितसँगै अस्ट्रेलिया तालिकाको दोस्रो उक्लिएको छ

Comments are closed.