मिस सुनार बनिन् सिसम रामदाम

काठमाडौँ — ‘मिस सुनार 2022’को ताज सिसम रामदामले जितेकी छन् । प्रतीक इन्भेन्ट्सले आयोजना गरेको तेस्रो संस्करणको मिस सुनारका अन्तिम १५ प्रतिस्पर्धीलाई पछि पार्दै सिसमले ताज जितेकी हुन् ।

ताजसहित रामदामले स्कुटर र आकर्षक उपहार प्राप्त गरिन् । प्रतियोगितामा संगीता सुनार पहिलो रनरअप हुँदा नगद ५० हजार प्राप्त गरिन् भने दोस्रो रनरअप स्वेता सुनारले नगद २५ हजार जितिन् ।

पूजा विश्वकर्मा भ्युअर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् । प्रतियोगिताको निणार्यकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, सञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिबुगीका विजेता कविता नेपाली थिए ।

Comments are closed.