साहित्यकार सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष

साहित्यकार सर्वज्ञ वाग्ले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित भएका छन् । २०२४ जुलाई ७ बाट ३ दिनसम्म भएको निर्वाचनको परिणाम जुलाई १० मा घोषणा गरिको थियो ।
अनेसास निर्वाचन समितिका मुख्य आयुक्त वरिष्ठ पत्रकार गुणराज लुइटेल र आयुक्तहरू डा. कविता घिमिरे र डा. चुडामणि खनालले निर्वाचनको मत परिणाम सार्वजनिक गर्दै निर्वाचित उमेद्वारहरूलाई बधाई समेत दिए ।
प्रमुख निर्वाचन आयुक्त गुणराज लुइँटेलद्वारा घोषणा गरिएको मत परिणामअनुसार उपन्यासकार सर्वज्ञ वाग्लेले कवि विमला निरौलालाई २५४ मतले पछि पार्दै विजय हाँसिल गरेका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका वाग्लेले खसेको मतबाट ८५९ भोट प्राप्त गरे भने उनकी प्रतिद्वन्द्वी निवर्तमान महासचिव विमला निरौलाले ५९५ मत प्राप्त गरिन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा साहित्यकार लाल गोपाल सुवेदीले सबैभन्दा बढी पपुलर मत ल्याएर चुनाव जितेका छन् । उनले खसेको मतबाट ९५४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले जम्मा ४८८ मत प्राप्त गरे ।
केन्द्रको लागि नेपालबाट उपाध्यक्षमा उमेद्वार बनेकी सरिता अर्यालले ७४९ मत ल्याएर आफ्ना प्रतिस्पर्धी दिनेशराज ज्ञावालीलाई चुनावमा हराएकी छन् । पराजित ज्ञावालीले ६७५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, अमेरिका क्षेत्रबाट उपाध्यक्षका लागि भएको प्रतिस्पर्धामा महेश्वर पन्तले ६२२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी सुदिप भद्र खनालले ८१८ मत ल्याएर चुनाव जितेका छन् ।
महासचिवको प्रतिस्पर्धामा राजु सिटौलाले ८५५ मत ल्याएर चुनाव जिते भने अर्का उमेद्वार कृष्णकुमार गिरीले ५८४ मत ल्याए ।
निर्विरोध निर्वाचित पदाधिकारीमध्ये युरोपबाट उपाध्यक्षमा डिल्लीराम अम्माई, अफ्रिकाबाट गणेश खड्का र ओसियानाबाट हरिप्रसाद अधिकारि रहेका छन् । सचिवमा रबिन शर्मा र कोषाध्यक्षमा तारा अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्।
अनेसासको अन्तराष्ट्रिय समितिमा पाँच सदस्यहरु क्रमश साहित्यकार सुमन बर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्न लोक्सम सुब्बा र तारा उप्रेती पनि निर्विरोध निर्वाचित भएका छन् । समितिमा थप दुई सदस्यहरू कार्यसमितिले चयन गर्ने वैधानिक व्यवस्था रहेको छ।

Comments are closed.