Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न – एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

himalaya Diary News Service by himalaya Diary News Service
August 1, 2026
in Business
0
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न – एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Priority Sectors विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योगी व्यवसायीहरुले एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता (एआई) नेपाली निजी क्षेत्रको उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र नवप्रवर्तन बढाउने महत्वपूर्ण माध्यम भएको बताउनु भयो । एआईको जिम्मेवार प्रयोग, डिजिटल पूर्वाधार, सीप विकास र नीति सुधारमार्फत नेपालले प्रविधिमा आधारित आर्थिक विकासलाई गति दिनुपर्ने बताउँदै उपाध्यक्ष पाण्डेले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्यबाट नेपालको आवश्यकता अनुरूप एआई इकोसिस्टम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

“ नेपालमा पनि युवा उद्यमी, स्टार्टअप तथा नवप्रवर्तकहरूबीच एआईप्रति बढ्दो चासो देखिएको छ । ग्राहक सेवा, डिजिटल भुक्तानी, फिनटेक, स्मार्ट कृषि, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा एआईको प्रयोगका सम्भावना विस्तार हुँदै गएको छ ।  उपयुक्त नीति, डिजिटल पूर्वाधार, सीप विकास र लगानी सुनिश्चित गर्न सके नेपाली युवालाई प्रविधिको उपभोक्ता मात्र होइन, एआईमा आधारित समाधानका सिर्जनाकर्ता बनाउन सकिन्छ ।” उपाध्यक्ष पाण्डेले भन्नुभयो ।

कार्यक्रममा अमेरिकी कम्पनी लिफ्‌ट डट एआईका संस्थापक तथा प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडले एआईको व्यावसायिक प्रयोग, विश्वव्यापी अभ्यास तथा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा एआईको सम्भावना र चुनौतीबारे धारणा राख्नु भएको थियो । साथै, उहाँले एआईको प्रयोगलाई निरन्तर अभ्यास गर्दै सीप विकास गर्न सकिने धारणा राख्नु भयो ।

महासंघकी केन्द्रीय सदस्य जुना माथेमाले डिजिटल रूपान्तरणको वर्तमान युगमा एआई निजी क्षेत्रका लागि अवसर मात्र नभई आवश्यकता बनिसकेको बताउँदै नेपाली उद्योग–व्यवसायलाई प्रविधिसँग जोड्दै नवप्रवर्तन, अनुसन्धान तथा डिजिटल सीप विकासमा लगानी गर्न सके मुलुकको आर्थिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने धारणा राख्नु भयो ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्नो व्यवसायमा एआईको प्रयोग, कार्यान्वयनका चुनौती, डेटा व्यवस्थापन, बजार विस्तार, ग्राहक सेवा तथा उत्पादन व्यवस्थापनसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो ।

Advertisement Banner
Previous Post

सामाजिक सद्भाव कायमका लागि सकृय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान

Next Post

India-Bhutan hold fifth Development Cooperation Talks in Thimphu

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
India-Bhutan hold fifth Development Cooperation Talks in Thimphu

India-Bhutan hold fifth Development Cooperation Talks in Thimphu

Recommended

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

5 months ago
Four Indians Arrested In Nepal For Casino Fraud Nation 

Four Indians Arrested In Nepal For Casino Fraud Nation 

8 months ago

Don't Miss

Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

August 16, 2026
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal Govt moves to link treatment protocols with health insurance

August 16, 2026
Swarnim Wagle to contest from Tanahun-1

Finance Minister Wagle urges Nepalis abroad to invest in Nepal

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.