Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

सामाजिक सद्भाव कायमका लागि सकृय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान

himalaya Diary News Service by himalaya Diary News Service
August 1, 2026
in Business
0
सामाजिक सद्भाव कायमका लागि सकृय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न क्षेत्रमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू र सर्वसाधारणबीच उत्पन्न तनावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भावका लागि सकृय रहन लागि सबै प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई सक्रिय रहन आह्वान गरेको छ ।

तराईका विभिन्न जिल्लामा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्न महासंघले सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिसकेको छ ।
महासंघले आफ्ना सबै मातहतका प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू तथा स्थानीय अगुवाहरूसँग आवश्यक समन्वय गरी भाइचारा र शान्ति सुरक्षा कायम राख्नका लागि सक्रिय पहल गर्न आग्रह गरेको छ । परिस्थिति अनुसार स्थानीय प्रशासनको अनुमतिमा आवश्यकता हेरी सद्भाव र्‍याली आयोजना गरी शान्ति र सद्भावको वातावरण बनाउन महासंघले प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई विशेष अपिल गरेको छ । जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता र आपसी समझदारीबाट मात्र सम्भव हुने भएको भन्दै महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले सम्पूर्ण प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ तथा महासंघसंग आवद्ध सम्पूर्ण सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा अग्रसर भई सामाजिक सद्भाव कायम राख्न विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ ।

उक्त घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको स्मरण गराउँदै महासंघले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप र हिंसाले सर्वसाधारणको दैनिक जीवनयापनका साथै उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पुर्‍याउने स्पष्ट पारेको छ । शान्ति र सामाजिक सद्भाव नै मुलुकको समृद्धि र आर्थिक विकासको मुख्य पूर्वसर्त भएको भन्दै  महासंघले सबैलाई संयमित रहन आग्रह समेत गरेको छ ।

Advertisement Banner
Previous Post

Heavy rainfall likely in hilly areas of four provinces today

Next Post

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न – एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न – एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न - एआईको प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

Recommended

Nepal among most recipients of ITEC programmes, says India’s envoy

Nepal among most recipients of ITEC programmes, says India’s envoy

4 years ago
Nepal: Newly created party CPN organises public assembly in Kathmandu

Nepal: Newly created party CPN organises public assembly in Kathmandu

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.