Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

Editorial Team by Editorial Team
January 22, 2026
in Government, Nepal, News
0
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिहरूलाई स्पष्ट निर्देशन दिएको छ। निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउने उद्देश्यले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भनिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनसँग सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाउने निर्णय गरेको छ। निर्वाचन कार्यक्रमको प्रभावकारी समन्वयका लागि केन्द्र, प्रदेश र जिल्ला तहमा गठन गरिएका संयन्त्रहरूलाई आपसी सहकार्यमा परिचालन गर्ने निष्कर्ष बैठकले निकालेको हो।
बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने जोखिम औंल्याउँदै त्यसको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सामाजिक सञ्जालमार्फत गलत सूचना, घृणात्मक अभिव्यक्ति वा निर्वाचन आचारसंहिता विपरीत गतिविधि भएमा तत्काल कारबाही गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ। यसका लागि साइबर निगरानी संयन्त्रलाई समेत सक्रिय बनाइनेछ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले प्रस्तुत गरेका निर्वाचन सुरक्षा तयारीबारे विस्तृत समीक्षा गरिएको थियो। चारवटै सुरक्षा निकायले आ–आफ्नो कार्यक्षेत्रअनुसार तयारी तीव्र पारेको जानकारी बैठकमा गराइएको थियो।
निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई हाल कार्यान्वयनमा रहेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ अनुसार सुरक्षा परिचालन गरिनेछ। उक्त योजनाले मतदानपूर्व, मतदानको दिन र मतगणनासम्मको सम्पूर्ण सुरक्षा व्यवस्थालाई समेटेको छ। सरकारले निर्वाचन प्रक्रियामा जनताको निर्भीक सहभागिता सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेको छ।

Advertisement Banner
Previous Post

बालेन शाह इलाम पुगे

Next Post

पाँच उम्मेदवारविरुद्ध आयोगमा उजुरी

Editorial Team

Editorial Team

Next Post
पाँच उम्मेदवारविरुद्ध आयोगमा उजुरी

पाँच उम्मेदवारविरुद्ध आयोगमा उजुरी

Recommended

British PM Keir Starmer concludes China visit, Secures Billions in Trade and Investment deals

British PM Keir Starmer concludes China visit, Secures Billions in Trade and Investment deals

2 weeks ago
IMF Executive Board Approves Establishment of the Resilience and Sustainability Trust

IMF Executive Board Completes Review of the Fund’s Policies on Sovereign Arrears and Related Perimeter Issues

4 years ago

Don't Miss

Nepal: National Examination Board  published the schedule for the Class 12 examination of 2082 BS from April 27 to May 10

Nepal: National Examination Board published the schedule for the Class 12 examination of 2082 BS from April 27 to May 10

February 17, 2026
BioAsia 2026 focuses on the Global TechBio for the Future of Life Sciences

BioAsia 2026 focuses on the Global TechBio for the Future of Life Sciences

February 17, 2026
UML releases 42-point manifesto for Oli in Jhapa-5

UML releases 42-point manifesto for Oli in Jhapa-5

February 17, 2026
Printing of all ballot papers required for HoR election completes

Printing of all ballot papers required for HoR election completes

February 17, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.