Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नयाँ ढाँचामा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमणको तयारी

Editorial Team by Editorial Team
April 12, 2026
in Feature, Nepal, News
0
नयाँ ढाँचामा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमणको तयारी
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठनपछि कूटनीतिक सम्बन्धको पुन: संरचना हुने संकेत देखिएको छ । प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग एक्लै भेटवार्ता नगरेको र परराष्ट्रमन्त्री शिशिर खनालसहित सामूहिक भेटवार्ता गरेको घटनाले कूटनीतिक क्षेत्रमा नविन सन्देश प्रवाह भएको छ ।
दक्षिणी छिमेकी देश भारतसँगको विगतदेखि रहँदै आएको सम्बन्धमा समेत नयाँ सरकारले नयाँ तरिकाले काम सुरु गरेको छ । पुरानो कूटनीतिक सम्बन्धको पुनरावलोकन गर्दै नयाँ प्राथमिकताहरू निर्धारण गर्ने काम चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना सन्देश पठाएको र प्रधानमन्त्री बालेनले धन्यवाद ज्ञापन गरेको औपचारिक सम्बन्ध आदानप्रदान भइरहेका छन्, यसै सिलसिलामा दुवै प्रधानमन्त्रीबिच भ्रमणका लागि निम्ता आदानप्रदान भइसकेको छ,’ उच्च स्रोतले भने, ‘प्रधानमन्त्री स्तरको राजकीय भ्रमण अनायासै घुमफिर गरेर फर्किने कुरा मात्रै पनि होइन । द्विपक्षीय सम्बन्धका प्राथमिकता निर्धारण गरेर मात्रै थप प्रक्रिया अगाडि बढ्नेछ ।’
नेपाल–भारत सम्बन्धमा विगतदेखि नै रहेका संयुक्त संयन्त्रहरूले प्राथमिकता निर्धारणको काम गर्ने स्रोतले जनाएको छ । ‘यस्ता संयुक्त संयन्त्रबाट निर्धारण भएर आएका प्राथमिकतामाथि राजनीतिक स्तरमा थप छलफल भएर संशोधन वा अनुमोदन भएपछि मात्रै उच्चस्तरीय राजनीतिक भ्रमण हुनेछ,’ स्रोतले भन्यो । विदेश भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा नेपाल–भारत बिचमा रहेका संयुक्त संयन्त्रहरू सक्रिय बनाउनेबारे छलफल भएको जानकारी दिए ।
बालेन सरकारले भारतसँगको नियमित सम्बन्धलाई पुनर्लेखन गर्दै नेपालको हितमा अधिकतम उपयोग गर्न सकिने गरी पुखर्लेखन गरेको चाहेको स्रोतको दाबी छ । प्रधानमन्त्री शाहले देशभित्रका प्रमुख समस्या समाधान गरिसकेपछि मात्रै स्पष्ट प्राथमिकता निर्धारण गरी विदेश भ्रमणमा जाने तयारीमा छन्।

Advertisement Banner
Previous Post

सडक आश्रित मानव व्यवस्थापन गर्ने तयारीमा काठमाडौँ महानगर

Next Post

ठूला उद्योग पुनः सञ्चालनको तयारीमा ‘बालेन’ नेतृत्वको सरकार, ७ कलकारखाना मूल्यांकनमा

Editorial Team

Editorial Team

Next Post
ठूला उद्योग पुनः सञ्चालनको तयारीमा ‘बालेन’ नेतृत्वको सरकार, ७ कलकारखाना मूल्यांकनमा

ठूला उद्योग पुनः सञ्चालनको तयारीमा ‘बालेन’ नेतृत्वको सरकार, ७ कलकारखाना मूल्यांकनमा

Recommended

SpaceX Falcon 9 rocket crashes on Moon, offers new insights into the surface

SpaceX Falcon 9 rocket crashes on Moon, offers new insights into the surface

3 weeks ago
French President Emmanuel Macron talked to Russian President Vladimir Putin

French President Emmanuel Macron talked to Russian President Vladimir Putin

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.