काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा एकलाैटी गरेकाे बताउनुभएकाे छ ।
नेपाल निजामति कर्मचारी संगठनकाे अभिभाकत्वमा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुकाे पाँचाै राष्ट्रिय सहकारी भेलाकाे उद्घाटन समाराेहलाई साेमबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले भागबण्डा गर्दिन भन्दै एकलाैटी गरेकाे बताउनुभयाे ।
मेरिटाेक्रेसीका नाममा आवेदन लिएर असफल सिद्ध भइसकेका व्यक्तिलाई उपकुलपति नियुक्त गर्ने तयारी भइरहेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘अहिले त नयाँ तरिका निकालिएकाे छ – भागबण्डा नगर्ने एकलाैटी गर्ने, मेरिटोक्रेसीका रुपमा लिने, एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने, अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रो चाहिँ नियुक्त हुनेजस्तो लाग्छ छाँटकाँट हेर्दा, किनभने अलि बढ्तै असफल मान्छे चाहियो नि, त्यसो भएर तृतीय नम्बरको नियुक्त हुनुहोला कि जस्तो मेराे अनुमान छ नहाेला ।’
यसअघि त्रिविका प्राध्यापक प्रेम चलाउनेलाई कुट्नेहरुकाे मुद्दा फिर्ता लिने जस्ता हर्कत सरकारले गरेकाे भन्दै उहाँले अदालतले न्याय दिएकाे बताउनुभयाे ।
अझैपनि प्रजातान्त्रिक व्यवहार र अभ्यास नेपालमा स्थापना हुन नसकेकाे अध्यक्ष ओलीले बताउनुभयाे । एमालेले सरकारका छँदा प्रजातान्त्रिक व्यवहार र अभ्यासलाई स्थापना गर्न खाेजेपनि सरकारभित्रै हुनेले र प्रतिपक्षमा हुने असहयाेग गरेका उहाँले स्मरण गर्नुभयाे ।
विराेधीहरुकाे अवराेधबीच पनि एमालेले धेरै चिजकाे थिति बसाएकाे भन्दै अध्यक्ष ओलीले अहिलेकाे गठबन्धन सरकारले त्याे थिति भत्काउने काम गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘तरपनि हामीले धेरै चिजहरुकाे थिचि बसाएका थियाैं, अहिले त्याे थिति फेरी गठबन्धनले भत्काउँदैछ, उप्काउँदैछ, सबै थितिहरु फ्याँक्दैछ, यस्ताे बेला सचेत हुनु, संगठित हुनु र अगाडि बढ्नु जरुरी छ ।’
सरकारले कर्मचारीहरुलाई भेदभाव गर्ने गरेकाे भन्दै उहाँले सरकारमा भेदभावकाे मानसिकता हुन नहुने भएपनि अहिले त्यही भइरहेकाे बताउनुभयाे । सत्ता बाहिर रहेका पार्टी निकटका कर्मचारीलाई दु:ख दिने भेदभाव गर्ने काम गठबन्धन सरकारले गरिरहेकाे बताउनुभयाे ।
देशकै परिस्थिति असहज रहेकाे भन्दै उहाँले यस्ताे अवस्थामा सहकारी सहज अवस्थामा चलाउनु राम्राे काम भएकाे बताउनुभयाे । नीति नियमअनुसार सहकारी चलाउन समेत अध्यक्ष ओलीले सुझाउनुभयाे ।
Trending Now
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
Comments are closed.