काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अफ्रिकी राष्ट्र घानाकाे भ्रमणमा निस्कनुभएकाे छ ।
अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै उपप्रधानमन्त्री खड्का आइतबार राति घाना प्रस्थान गर्नुभएकाे हाे ।
सम्मेलन घानाको राजधानी आक्रामा मंसिर १९ र २० गते हुँदैछ । संयुक्त राष्ट्र संघले हरेक वर्ष यस्ताे सम्मेलन आयाेजना गर्दै आएकाे छ ।
Comments are closed.