एमालेले आज गुह्येश्वरी-धाप ड्याम यात्रा गर्दै

काठमाडौं । नेकपा एमालेले गुह्येश्वरी-धाप ड्याम (शिवपुरी राष्ट्रिय निकुञ्जस्थित धाप बाँध) यात्रा गर्ने भएकाे छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शनिबार बिहान ९ बजेदेखि गुह्येश्वरी-धाप ड्यामयात्रा गर्न लागिएकाे नेकपा एमाले काठमाडौंले जनाएकाे छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला पशुपतिकाे गुह्येश्वरीबाट सुरु हुने यात्रा कागेश्वरी मनाेहरा-२ काे फुँयाल गाउँ चाैर आलापाेटमा पुगेर सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष ओलीले सम्बाेधन गर्नुहुने कार्यक्रम छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिनेछ ।

धाप ड्याम जस्ता निमार्णका काम सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यसाथ यात्रा गर्न लागिएकाे भन्दै अध्यक्ष निराैलाले यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको उहाँले बताउनुभयाे ।

Comments are closed.