काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महिला केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएकाे छ ।
अध्यक्ष ओलीले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महिला केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएकाे हाे । छलफलमा महासचिव शंकर पाेखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्याल लगायत पनि सहभागी हुनुहुन्थ्याे ।
अध्यक्ष ओली र केन्द्रीय सदस्यहरुबीच पार्टीकाे आन्तरिक जीवन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएकाे थियाे ।
छलफलका क्रममा अध्यक्ष ओलीले पार्टीमा महिलाहरुकाे याेगदानकाे प्रशंसा गर्नुभएकाे थियाे । अध्यक्ष ओलीले संगठनलाई बलियाे बनाउनेगरी लाग्न आग्रह गर्नुभयाे ।छलफलमा महिला केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएकाे थियाे ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.