एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमाल बिच सिनेमा संवाद हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमाल बिच सिनेमा संवाद हुने भएको छ ।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।  स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म  उहाँहरू बिच लाइभ संवाद हुने भएको छ ।

सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने आयोजक समितिका सदस्य गणेश पाण्डेले जानकारी दिनुभयो । सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने पाण्डेले बताउनुभयो ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ । महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइने छ ।

Comments are closed.