एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

कास्की। नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् ।प्राप्त अन्तिम मत परिणाम अनुसार बैनबहादुरले माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएका हुन् ।बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए ।९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो ।
अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।

Comments are closed.