उत्तर पुस्तिका हराएपछि पुनः परीक्षा लिँदै त्रिवि, परीक्षा तालिका सार्वजनिक !

काठमाडौँ । स्नातक तह प्रथम वर्षको उत्तर पुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षा गर्ने भएको छ ।
स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा लिन लागेको हो ।
चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो ।सोही आधारमा क्याम्पसहरूले पुनः परीक्षा गर्न लागेका हुन् । चैत २१ गते बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुन लागेको हो ।चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

Comments are closed.